राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयद्वारा विज्ञ टोली गठन

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयद्वारा विज्ञ टोली गठन


गृहमन्त्रालयले राहदानी, नागरिकता  र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ विज्ञ टोली गठन गरेको छ ।

मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको हो । सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए ।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए । शनिबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डसँगको भेटमा गृहमन्त्री लामिछानेले नागरिकलाई सहज रुपमा सेवा दिनका लागि विज्ञको टोली गठन गरिएको विषयमा छलफल गरेका थिए ।

Logo