पेले किन तेस्रो पत्नीसँग बढी खुसी थिए?

पेले किन तेस्रो पत्नीसँग बढी खुसी थिए?


ब्राजिलका महान फुटबलर पेलेले ८२ वर्षको उमेरमा भौतिक संसारबाट बिदा भएका छन् । अस्पतालमा उपचारकै क्रममा पेलेका धेरै अंगले काम गर्न छोडेका थिए ।  लामो समयदेखि मृगौला र प्रोस्टेट रोगबाट ग्रसित ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा मृत्यु भएको थियो । पेलेकी छोरी केली नासिमेन्टोले गत महिना पेलेलाई अस्पतालमा भर्ना गरेकी थिइन् । लेजेन्ड पेलेले आफ्नो ब्राजिल टोलीका लागि ३ पटक फिफा विश्वकप जितेका थिए । मैदानमा आफ्नो जादुमयी खेलले मानिसहरूलाई अचम्भित पार्ने पेले आफ्नो व्यक्तिगत जीवनमा धेरै रोमान्टिक र मिलनसार व्यक्ति थिए । पेलेले आफ्नो जीवनमा तीनवटा विवाह गरेका थिए । यसबाहेक उनको धेरै मोडल र गायकसँग पनि अफेयर रहेको थियो । पेले तीन श्रीमतीबाट ७ सन्तानका पिता पनि बने । ७ सन्तानमध्ये पेलेका ५ छोरी र २ छोरा छन् । महान फुटबलर पेलेको पहिलो विवाह रोजमेरी डोस रेइस चोल्बीसँग भएको थियो । यी दुईको विवाह सन् १९६० मा भएको थियो । पहिलो बिवाहबाट पेलेका ३ सन्तान भए जसमा दुई छोरी र छोरा भएका थिए ।  

पहिलो विवाहको केही वर्षपछि नै ब्राजिलियन गायक जुक्सासँग पेलेको अफेयर सुरु भएको थियो । जसका कारण पेलेको पहिलो विवाह पनि टुट्न गएको थियो । तर फुटबल लिजेन्ड पेले र गायक जुक्साबीचको सम्बन्ध पनि लामो समय टिक्न सकेन । दुवै सन् १९८६ मा अलग भएका थिए । पेलेले सन् १९९६ मा एसिरिया लेमोस सेक्साससँग दोस्रो विवाह गरेका थिए । यसै क्रममा पेले जुम्ल्याहा सन्तानका पिता बने । जुम्ल्याहा सन्तानमध्ये यसपटक पेले एक छोरा र एक छोरी का पिता बने । तर, पेलेको दोस्रो विवाह पनि १२ वर्ष मात्रै टिक्यो । यसपछि, ब्राजिलियन लिजेन्ड पेलेले सन् २०१६ मा मार्सिया सिबेले ओइकीसँग तेस्रो विवाह गरे । तेस्रो विवाहबाट पनि पेले दुई सन्तानका पिता बनेका छन् । तेस्रो श्रीमतीतर्फका दुवै सन्तान छोरी हुन् । पछिल्लो समय पेले आफ्नो तेस्रो परिवारसँग निकै खुसी थिए तर क्यान्सरका कारण जीवनको लडाइँ हार्दै सम्पूर्ण विश्वलाई स्तब्ध पार्दै भौतिक संसारबाट टाढा गए ।

 

Logo