सुदूरपश्चिममा दलको नेता छान्न माओवादी संसदीय दलको बैठक सुरु

सुदूरपश्चिममा दलको नेता छान्न माओवादी संसदीय दलको बैठक सुरु


सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको बैठक सुरु भएको छ ।

बिहान माओवादी प्रदेश कमिटीको बैठक सकेर अहिले संसदीय दलको कार्यालयमा दलको नेता छनोट गर्न बैठक सुरु भएको हो । बिहानको बैठकमा माओवादी प्रदेश पदाधिकारी तथा केन्द्रीय सदस्यहरू उपस्थित थिए । सर्वसम्मत रूपमा दलको नेता छनोट गर्ने म्यान्डेट प्रदेश समितिले दिएको थियो । अहिले सर्वसम्मत रूपमा दलको नेता छनोट गर्न बैठक जारी छ । तर, सर्वसम्मतको सम्भावना कम रहेको माओवादी नेताहरूको बुझाइ छ ।

हिजो ३ घण्टा सम्म चलेको बैठकले दलको नेता छनोट गर्न सकेको थिएन । दलको नेताका लागि प्रदेश इन्चार्ज भट्टसहित ओमविक्रम भाट, अक्कल रावल र मान बहादुर धामी आकांक्षी रहेका थिए । अन्तिम सम्ममा रावल र धामी पछि हटे पनि भाट र भट्ट बिच सहमति हुन नसक्दा हिजोको बैठक विना निष्कर्ष टुङ्गिएको थियो ।

Logo