प्रथम सिपाघाट फुटवल प्रतियोगिता : उद्घाटन खेलमा नगरकोट युथ क्लब विजयी
  • ज्ञानमणि नेपाल कालोटोपी
    सिपाघाट, काभ्रे

काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं. ६ सिपाघाटमा प्रथम फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।

सिपाघाट फुटबल क्लबको आयोजनामा शुरु उक्त प्रतियोगिताको आज उद्घाटन खेल भयो । सिपाघाट फुटबल क्लब वि र नगरकोट युथ क्लबको प्रतिश्पर्धात्मक खेलमा अन्तिम समय सम्म दुबै तर्फबाट ३/३ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा गएको थियो । अन्तिम समयमा नगरकोट युथ क्लबले ४/ २ को गोल अन्तरले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

उद्घाटन खेल शुरु हुनु अघि स्वागत मन्तव्य राख्नु हुँदै वडा नं. ६ का वडाध्यक्ष डिल्ली प्रसाद आचार्यले युवाहरुको प्रयासमा आयोजना भएको यस किसिमको प्रतियोगिता निकै नै महत्वपूर्ण रहेको र नगरपालिकाले पनि सधैं सर्मथन गर्ने बताउनुभयो । साथै प्रतियोगिताको सफलताको कामना पनि गर्नु भयो ।

सिपाघाटको तल्लोबजार खेलमैदानमा उक्त प्रतियोगिता हुँदैछ । खेलमा प्रथम हुने टिमलाई नगद ५५ हजार , दोस्रो हुनेलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगद राशीको पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरण गर्ने आयोजक क्लवले जनाएको छ ।

भोलि हुने खेलको तालिका
बिहान ७ बजे
आँपटार vs अधिकारिटार युवा क्लब
बिहान ८ः३०
ढोटार युवा क्लब vs अर्चले युवा क्लब
दिउँसो १ बजे
जुडिगाउ युवा क्लब vs एवाईसि युवा क्लब
दिउँसो ३ बजे
सिपाघाट फुटबल क्लब ए vs फटकशिला युवा क्लब ए

जम्मा २८ वटा टिमले प्रतियोगितामा भाग लिएका छन् । खेल आगामी १० गते सम्म रहनेछ ।