टोटेनहम एस्टन भिल्लासँग पराजित

टोटेनहम एस्टन भिल्लासँग पराजित


इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम एस्टन भिल्लासँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा एस्टनले टोटेनहमलाई २–० ले हराएको हो । एस्टनको जितमा ईमी बुएन्डिया र डग्लास लुइजले एक–एक गोल गरे । खेलको ५० औं मिनेटमा बुएन्डियाले गोल गर्दै एस्टनलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं मिनेटमा लुइजले गोल गर्दै एस्टनलाई २–० को जित दिलाए । जितसँगै एस्टनले १७ खेलमा २१ अंक जोडेको छ । एस्टन १२ औं स्थानमा रहेको छ । पराजित टोटेनहम ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

Skip This
Logo