नेपाल टी–ट्वान्टी लिगमा आज पनि दुई खेल हुँदै

नेपाल टी–ट्वान्टी लिगमा आज पनि दुई खेल हुँदै


राजधानीमा जारीपहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा सोमबार पनि दुई खेलहरु हुँदैछन् ।

दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । बिहान ९ बजेबाट सुर हुने सोमबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं नाईट्सबीच प्रतिस्पर्धा हुदैछ । पाँच खेलमा ६ अंक जोडेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। सात खेलमा दुई जित हात पारेको पोखरा चार अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा काठमाडौंले पोखरालाई २६ रनले हराएको थियो ।

यस्तै, आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र जनकपुर रोयल्सबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ। छ खेललेको जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । पाँच खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । यही संस्करणको पहिलो भेटमा फार वेस्ट जनकपुरसँग ८ विकेटले पराजित भएको थियो ।

प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने छ भने उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

Logo