कर्णाली प्रदेश सभाको पहिलो बैठक आज

कर्णाली प्रदेश सभाको पहिलो बैठक आज


कर्णाली प्रदेशसभाको अधिवेशन आजदेखि सुरु हुँदैछ।

प्रदेश प्रमुख तिलक परियारले सोमबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन्। नयाँ प्रदेशसभा सदस्यको शपथग्रहणपछि कर्णालीमा पहिलो पटक बैठक बस्न लागेको हो। प्रदेशसभा भवन वीरेन्द्रनगरमा बस्ने बैठकको अध्यक्षता ज्येष्ठ सदस्य विनोदकुमार शाहले गर्ने छन्।

कर्णाली प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीका अनुसार आजको बैठकका लागि चार कार्यसूची तय गरिएको छ। सुरूमा प्रदेश प्रमुखबाट प्राप्त पत्र पढेर सुनाउने, त्यसपछि सहिदको स्मरण गर्ने कार्यसूची छ। साथै दलका तर्फबाट नेता वा सांसदले दलीय धारणा राख्नेछन्। सभामुख चयनका लागि निर्वाचन तोक्ने कार्यसूची पनि आजको संसद बैठकमा छ। प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख चयन गरिसक्नुपर्ने व्यवस्था छ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका छन्। कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का १÷१ जना सांसद रहेका छन्। एक जना स्वतन्त्र सांसद छन्।

Logo