एकीकृत समाजवादीकाे पोलिट्ब्युरो बैठक जारी, सरकारमा सहभागी हाेला ?

एकीकृत समाजवादीकाे पोलिट्ब्युरो बैठक जारी, सरकारमा सहभागी हाेला ?


नेकपा एकीकृत समाजवादीको पोलिट्ब्युरो बैठक सुरु भएको छ । यसअघि दुई दिन बसेको स्थायी कमिटी बैठकले सरकारमा जाने वा नजाने तथा सरकारलाई समर्थन मात्रै गर्ने कि प्रतिपक्षमा बस्ने विषयमा कुनै निर्णय लिन नसकेपछि पोलिटब्यूरो डाकिएको हो । 

पार्टी कार्यालयमा जारी बैठकमा आगामी राजनीतिक रणनीतिका विषयमा पनि छलफल हुने नेताहरुले जानकारी दिए । 

कांग्रेससहितको गठबन्धन तोडिएको र एमालेसँग मिलेर माओवादी केन्द्रले सरकार बनाएपछि तय गर्नुपर्ने राजनीतिक रणनीतिसहितका विषयमा बैठकमा छलफल हुनेछ । एमालेसहित सात दलको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपनि एकीकृत समाजवादीको आगामी रणनीति स्पष्ट भइसकेको छैन । 

Logo