वीर अस्पतालमा फोन पे सेवा सुरु

वीर अस्पतालमा फोन पे सेवा सुरु


नेपालकै पुरानो अस्पताल वीर अस्पतालका बिरामीले अब मोबाइल फोनबाटै अस्पतालको टिकट काट्न पाउने भएका छन् । 

फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुबिधा उपलब्ध गराइएको हो । अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा थप गरिएको अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले बताए । 

डाइनामिक क्युआरकोडको सिस्टमले अस्पतालमा आउँदा अब नगदै बोकेर आउन नपर्ने, पर्स चोरी हुने डर नरहने अधिकृत बस्नेतले बताए । यस्तै अस्पतालमा कार्यरत डा.प्रज्वल श्रेष्ठले पनि डाइनामिक क्युआरकोडको सिस्टमको सुरुवात्ले अस्पताललाई प्रविधिमैत्री बनाउने दिशामा लगेको बताए । 

वीर अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टमबाट पैसा तिर्न पाउँदा आफू खुसी भएको पहिलो सेवाग्राही प्रहरी निरीक्षक दिवाकर रिजालले बताए । टिकटका लागि पैसा तिर्न लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भएकोका बिरामी र बिरामीका आफन्तहरुले खुशी व्यक्त गरेका छन् ।

Logo