विश्व इतिहासमा आजः अमेरिका र रसियाबीच आणविक सन्धिमा हस्ताक्षर

विश्व इतिहासमा आजः अमेरिका र रसियाबीच आणविक सन्धिमा हस्ताक्षर


आज सन् २०२३ जनवरी, ३ ।

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रमः

अमेरिका र रसियाबीच आणविक सन्धिमा हस्ताक्षर

सन् १९३३ मा अमेरिका र रसियाबीच आणविक सन्धिमा हस्ताक्षर भएको थियो । आणविक हतियारलाई ३ हजारमा झार्ने विषयमा अमेरिका र रसियाबीच स्ट्राटेजिक आम्स रिडक्सन ट्रिटी (एसटीएआरटी) मा हस्ताक्षर भएको थियो ।

अमेरिकाद्वारा क्युबासँग सम्बन्ध तोडेको घोषणा

सन् १९६१ को ३ जनवरीमा अमेरिकाले क्युबासँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । सन् १९६१ को अप्रिलमा बे अफ पिग्समा अतिक्रमण सुरु गरेर अमेरिकी सरकारले क्युबाको तत्कालिन शासकलाई पदच्युतको असफल प्रयास गरेको थियो ।

रुसबाट अमेरिकाले किनेको भू–भाग अमेरिकाको ४९ औं राज्य

सन् १९५९ मा अलास्का अमेरिकाको ४९ औं राज्य बनेको थियो । सो क्षेत्रलाई अमेरिकाले सन् १८६७ मा ७२ लाख डलरमा किनेको थियो ।

नासाको यान मंगल ग्रहमा

सन् २००४ मा अमेरिकी अन्तरिक्ष निकाय नासाको मार्स एक्सप्लोरेसन रोभर स्पिरिट मंगल ग्रहमा अवतरण गरेको थियो । मंगल ग्रहको सतहको रसायनिक तथा भौतिक बनौटबारे रोभरले अध्ययन गरेको थियो ।

Logo