नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने

नेपाल समाजवादी पार्टीको राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने


नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक पुस २४ गते बस्ने भएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार उक्त बैठकमा पार्टीको आगामी रणनीति, वैकल्पिक आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछ । बाबुराम भट्टराई नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टीले गत मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हमा आफ्ना उम्मेदवार उठाएको थियो। समानुपातिकतर्फ पनि माओवादीकै सूचीमा समाजवादीका उम्मेदवारको नाम समावेश थियो। सो पार्टीका नेता महिन्द्रराय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन्। समाजवादीका अध्यक्ष बाबुराम भट्टराई पनि सत्ता गठबन्धनका बैठकहरूमा सहभागी भइरहेका छन्। भट्टराईले सोमबार पनि प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समसामयिक राजनीतिक घटनाक्रम र सत्ता गठबन्धन तथा सरकारलाई थप प्रभावकारी बनाउनेबारे छलफल गरेका थिए। नेपाल समाजवादी पार्टीभित्र माओवादीसँग एकता गरेर जानुपर्ने आवाजसमेत उठ्ने गरेको छ। यस विषयमा नेपाल समाजवादी र माओवादीका नेताहरूबीच छलफल पनि भइरहेको छ। 

Skip This
Logo