बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बूढानीलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८, गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सप्तरीको बोदेबर्साइन नगरपालिका–३ स्थायी घर भई गोल्फुटारमा बस्दै आएका अन्दाजी १९ वर्षीय स्वयतकुमार साहको मृत्यु भएको हो । सोमबार बेलुका करिब सवा ८ बजे मण्डिखाटारबाट गोल्फुटारतर्फ जाँदै गरेको साहसहित तीनजना सवार बा ४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ । साह दुर्घटनामा गम्भीर घाइते भएका थिए । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको उपचारका क्रममा राति सवा ९ बजे मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार दुईजना सकुशल रहेका जनाइएको छ ।

Logo