आजको तरकारी तथा फलफूलको मूल्य

आजको तरकारी तथा फलफूलको मूल्य


कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार मंगलबार रातो आलु प्रतिकेजी ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

नेपाली गोलभेँडा (ठूलो)को मूल्य ४० रुपैयाँ प्रतिकेजी रहेको छ । यो समितिले दिएको न्यूनतम मूल्य हो । कन्य च्याउ प्रतिकेजी १२० रुपैयाँ रहेको छ भने डल्ले च्याउ २५० रुपैयाँ रहेको छ । ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ६० रुपैयाँ रहेको छ । तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । लोकल घिउ सिमी ५० रुपैयाँ, तिते करेला ८० रुपैयाँ, प्याज सुकेको ४४ रुपैयाँ, भिण्डी ९० रूपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ८० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।
 

Logo