सुनको मूल्य आकाशियो, यस्तो छ आजको बजार भाउ

सुनको मूल्य आकाशियो, यस्तो छ आजको बजार भाउ


नेपाली बजारमा सुनको मूल्य एकै दिन नौ सय रुपैँयाले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो कारोबार दिन आज सुनको मूल्य वर्ष दिन यताकै उच्च बिन्दुमा पुगेको छ। यस अघि गत वैशाख ५ गते प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँ पुगेको छ। यो मूल्य गत आठ महिनाकै उच्च हो।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख २ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।सोमबार छापावाल सुन प्रतितोला एक लाख १ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य सोमबारको तुलनामा प्रतितोला नौ सय रुपैयाँले बढेको हो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेको हो।

Logo