शपथ लिन छुटेका सासंदहरुले आज लिँदै

शपथ लिन छुटेका सासंदहरुले आज लिँदै


शपथ लिन छुटेका प्रदेश सभा सदस्यद्वय प्रमे आले र माया राईले मंगलबार शपथ लिँदैछन्।

संघीय संसद सचिवालयले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ गराइने जानकारी दिइएको छ। उनीहरुको शपथ दिउँसो साँढे १२ बजे हुनेछ। अन्य सांसदहरुले पुस ७ गते शपथ लिएका थिए। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नै उनीहरुलाई पनि शपथ ग्रहण गराउने छन्। सांसदहरुले नेपालीबाहेक १४ भाषामा शपथ खाएका थिए।

Logo