#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32357026986140753734423833542
नेपाल693014531843750411

महरालाई आज फेरि अदालत लगियो, बयान दिन नमानेपछि प्रहरीलाई तनाव

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले अदालतमा उपस्थित गराएको छ । आइतबार दिउँसो जिल्ला सरकारी वकिलको कार्यालय लगिएको हो ।

यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप माग्नेछ । यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न सकेको थिएन् । अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो फेरि म्याद थप गरिने प्रहरीले जनाएको छ ।

अदालतले दिएको तीन दिनको म्यादमा महराले बयान दिन मानेका थिएनन् । बयान नदिएरै तीन दिनको म्याद नाघेका महराले अब थपिने समयमा भने जसरी बयान लिने प्रहरीको तयारी छ ।

म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्‍याइने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीको भनाई छ ।

पक्राउ परेका व्यक्तिलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी प्रावधान छ । पक्राउ परेपछि अस्वस्थ भएको भन्दै महरा २३ असोजदेखि नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् ।

संसद सचिवालयकी महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरालाई प्रहरीले असोज १९ पक्राउ गरेको थियो । बीचमा दशैं विदा परेकाले म्याद थप गर्न नसकेको प्रहरीले गत असोज २८ गते अदालतबाट तीन दिनको म्याद थप गरेको थियो ।

सम्बन्धित समाचारहरु