#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व669861539314230560163249457
नेपाल2634102334290

भाइटीकाका लागि १३ गते सार्वजनिक बिदा दिन प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका (किजा पूजा) का लागि यही कात्तिक १३ मा बिदा दिन आफू सकारात्मक रहेको जनाएका छन्  ।

पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेका सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नं ३ का सांसद डा अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले आज प्रधानमन्त्री ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेको थियो ।

भेटपछि सांसद श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर माग सम्बोधनका लागि सकारात्मक जवाफ दिएको जानकारी दिए  । प्रदेश सांसद शाक्यले पञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्दा चतुर्दशीमा लक्ष्मीपूजा गर्नुपर्ने र त्यो सम्भव नहुने जनाए  ।

नेवाः समुदायको परम्परा अनुसार नेपाल संवत्को नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपूजा गर्ने चलन छ । त्यो दिन नेवाः समुदायले दिनभरी धुमधामसँग नेपाल संवत् मनाउँछन् र बेलुका म्हपूजा गर्छन् । पञ्चाङ्ग निर्णायक समितिले बिहान म्हपूजा गर्न तोकेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार