सुदूरपश्चिम प्रदेश प्रमुखले गरे नयाँ सरकार गठनका लागि आह्वान

सुदूरपश्चिम प्रदेश प्रमुखले गरे नयाँ सरकार गठनका लागि आह्वान


सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरेका छन् । 

बुधबार एक विज्ञप्तिमार्फत प्रदेश प्रमुख जोशीले प्रदेशसभामा कुनै एक दलको बहुमत नभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । त्यसका लागि पौष २७ गते बुधबार बेलुका ५ बजेसम्म समय तोकिएको छ । 

यस प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सदस्य रहेका छन् । नेकपा (माओवादी केन्द्र) को ११, नेकपा (एमाले) को १०, नागरिक उन्मुक्ति पार्टीकाे ५, नेकपा (एकीकृत समाजवादी)को चार, राप्रपा र स्वतन्त्र एक/एक जना रहेका छन् । सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्दछ । सजिलैसँग सबै दललाई बहुमत जुटाउन कठिन छ । 

हेर्नुहोस्, विज्ञप्ति-

Logo