महराले दिए ७ घण्टा लामो बयान, ५ दिन थुनामा राख्न आदेश

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार जिल्ला अदालत काठमाडौंमा भएको थुनछेक बहसपछि न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

सरकारी वकिलको कार्यालयले भने अनुसन्धान नसकिएको भन्दै थप ७ दिनको लागि म्याद थप मागेको थियो । पहिलो पटक पाएको १३ दिनको म्यादमा महराले बयान नदिएर म्याद गुजारेका थिए । तर आज भने उनले सरकारी वकिलको कार्यालयमा झन्डै ७ घण्टा बयान दिएका हुन् ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्यर्वहारको प्रयास गरेको आरोपमा उनी असोज १९ गते पक्राउ परेका थिए । सुरुमा शाहीले आफुमाथि महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपनि त्यसपछि उनले केहि पनि नगरेको दाबी गर्दै आएकी छिन् ।