भोलिदेखि उपत्यकाका तीनवटा जिल्लामा दुई साताका लागि ‘मिनी लकडाउन’

भोलिदेखि उपत्यकाका तीनवटा जिल्लामा दुई साताका लागि ‘मिनी लकडाउन’


काठमाडौं ।

काठमाडौं उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आजको वैठकले जिल्ला प्रशासनबाट दिइने सेवाहरू मध्ये अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

दुई साताका लागि अतिआवश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने निर्णय भएको हो ।

पछिल्लो समय काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितको संख्या थपिंदै गएपछि आज ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेको थियो ।

बैठकमा संक्रमण देखिएका ठाउँमा सील गर्नु पर्ने अवस्था आउन सक्ने भए पनि अहिले पूर्ण लकडाउन भने नहुने निर्णय गरिएको छ ।

काठमाडौं उपत्यकामा हालसम्म ६७४ जना कोरोना संक्रमित छन् । विहिबार मात्र ८७ जना थपिएका थिए ।

Logo