शीर्ष स्थानको नापोलीको पहिलो हार

शीर्ष स्थानको नापोलीको पहिलो हार


इटालियन सिरि ‘ए’ फुटबलमा शीर्ष स्थानको नापोली पराजित भएको छ ।

बिहिबार विहान सकिएको खेलमा नापोली चौथो स्थानमा रहेको इन्टरमिलानसँग १–० गोल अन्तरले पराजित भएको हो । लिग तालिकाको शीर्ष स्थानमा रहेको नापोलीको यो सिजनकै पहिलो हार हो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नापोलीले दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ५६ औं मिनेटमा फेडरिको डिमार्कोको पासमा जेकोले शक्तिशाली हेड गर्दै गोल गरेका हुन् । पराजित भए पनि नापोली शीर्ष स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको नापोलीको ४१ अंक रहेको छ भने इन्टर मिलानको ३३ अंक भएको छ ।

यस्तै, इटालियन सिरि ‘ए’ अन्तर्गतका अन्य खेलाहरुमा युभेन्टसले क्रिमोन्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । उडिनेस र एमपोलीले १–१ गोलको बराबरी खेल्दा फ्लोरेन्टिना र मोन्जाले पनि १–१ गोलकै बराबरी खेले । यस्तै लिचले लाजियोलाई २–१ गोल अन्तरले पराजित गर्दा स्पेजिया एटलान्टाले २–२ गोलको बराबरी खेल्दा रोमाले बोलगनोलाई १–० ले पराजित गरेको थियो । टारिनो र भेरोनाले पनि एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

Logo