पोखरा गोल्डकपः चर्च ब्वाईज र भुट्नीज युथ क्लब भिड्दै

पोखरा गोल्डकपः चर्च ब्वाईज र भुट्नीज युथ क्लब भिड्दै


पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा खेलमा आज चर्च ब्वाईज युनाईटेड र भुट्नीज युथ क्लब यूएसए भिड्दैछन्।

यी दुई टोलीबीचको खेल पोखरा रंगशालामा दिउँसो साढे १ बजे सुरु हुने आयोजक साहरा क्लबले जनाएको छ। पहिलो सेमिफाइनल खेलबाट विभागीय टोली एपीएफलाई पराजित गर्दै संकटा क्लबले फाइनलमा स्थान बनाइसकेको छ। फाइनल खेल पुस २३ गते पोखरा रंगशालमा हुनेछ। यसपटक आहा रारा गोल्डकप विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

Logo