सन्दीप लामिछानेको पुनरावेदन पेसी न्यायाधीशद्वय बज्राचार्य र भण्डारीको इजलासमा

सन्दीप लामिछानेको पुनरावेदन पेसी न्यायाधीशद्वय बज्राचार्य र भण्डारीको इजलासमा


बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन पेसी आज तोकिएको छ ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको निर्णय विरूद्धको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा हुँदैछ । यसअघि पनि सो निवेदनमा दुई पटक पेशी तोकिएको थियो । एकपटक लामिछानेकै कानून व्यवसायीको तर्फबाट पेसी स्थगित गरिएको थियो भने दोस्रो पटक इजलासको समय अभावका कारण सुनुवाई हुन सकेको थिएन ।

यस पटक पेसी, सुची नम्बर ४ मा तोकिएको छ । आज लामिछानेको पक्षबाट पेसी स्थगित नभए निवदेनको सुनुवाई हुनेछ ।लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा नाबालिग बलात्कार अभियोगमा मुद्दा चलिरहेको छ । उनलाई कत्तिक १८ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
 

Logo