आइटिएफद्वारा तेक्वान्दो खेलाडी र प्रशिक्षक सम्मानित

आइटिएफद्वारा तेक्वान्दो खेलाडी र प्रशिक्षक सम्मानित


काठमाडौं ।

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) ले आफ्नो वार्षिकोत्सवको अवसरमा उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्ला संघलाई सम्मान गरेको छ ।

आइटिएफले २३ औं वार्षिकोत्सवको अवसरमा बिहीबार खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्ला संघलाई सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा पुरुषतर्फ युनिस गौतम र महिलातर्फ रिना धिमाल, सर्वोत्कृष्ट प्रशिक्षक रुपसिंह मोक्तान, उत्कृष्ट प्रशिक्षकमा राज मन्दिर श्रेष्ठ र उदियमान प्रशिक्षकमा बिक्रम बाठा मगर रहेका छन् ।

यस्तै उत्कृष्ट प्रदेशमा प्रदेश नं. २ र उत्कृष्ट जिल्लामा मोरङ जिल्ला रहेको छ । राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइराला, सदस्यद्वय सम्पन्न श्रेष्ठ र गोविन्द भट्टराई, आईटिएफका अध्यक्ष अञ्जन धमलाले खेलाडी, प्रशिक्षक, प्रदेश र जिल्लालाई सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।

आईटिएफले आफ्नो वार्षिकोत्सवको अवसरमा सामाजिक सेवा, जस्तै रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, बृद्धहरुलाई खाना खुवाउने कार्यक्रम र वर्षका उत्कृष्ट खेलाडी, प्रशिक्षक, प्रदेश तथा जिल्लालाई सम्मान गर्ने कार्यक्रमहरु गर्दै आईरहेको छ ।

Logo