सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय


एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । 

बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ । 

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ । 

२५ पुसमबाट संघीय संसदको अधिवेशन सुरु हुँदै छ । २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् ।

Logo