नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ सुरु

नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ सुरु


नेपाली सेनाले आजदेखि ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ  ।

सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा ‘एकीकरण पदयात्रा’ सुरु गरेको हो । गोरखादरबारबाट शुभारम्भ भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमानढोकासम्म सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच स्थायी कम्पनीको झण्डा र टर्चसहित गोरखा जिल्लामा तैनाथ श्री रिपुमर्दन गणबाट ऐतिहासिक सैनिक पोशाक तथा परम्परागत बाजागाजासहित खटिएको टोलीको सहभागिता छ ।

पदयात्रा टोलीले धादिङ जिल्लामा तैनाथ फौजलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ । यस्तै, धादिङ जिल्लामा तैनाथ फौजले नुवाकोटको फौजलाई, नुवाकोटमा तैनाथ फौजले काठमाडौँस्थित नागार्जुनमा रहेको फौजलाई र नागार्जुनमा तैनाथ फौजले पुस २६ गते हनुमानढोकामा तैनाथ शार्दुलजङ्ग गुल्मको टोलीलाई झण्डा तथा टर्च हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । पदयात्रा कार्यक्रम जङ्गी अड्डामा विशेष समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको निर्देशनालयले जनाएको छ ।   

Skip This
Logo