सुनको मूल्य एकै दिन आठ सय रुपैयाँले घट्यो

सुनको मूल्य एकै दिन आठ सय रुपैयाँले घट्यो


शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

बिहीबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला आठ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख २३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख २३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो।

Skip This
Logo