#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व636517337739730843942903382
नेपाल181181582221

भारतले दक्षिण अफ्रिकाविरुद्ध टेस्ट शृंखला ३–० ले जित्यो

भारतले इतिहास रच्दै राँची टेस्टमा दक्षिण अफ्रीकालाई २०२ रन र १ पारीले हराएको छ । भारतले तेस्रो दिन सोमवार नै यसको आधार तयार पारेको थियो । पहिलो पारीमा भारतको ४९७ रनको जवाफमा १६२ रन मात्र बनाएर फलोअनमा परेको दक्षिण अफ्रीकाले आफ्नो दोस्रो पारीमा पनि गतिलो प्रदर्शन गर्न सकेन । उत्कृष्ट प्रदर्शन गरेको भारतले दक्षिण अफ्रीकालाई व्हाइटवास गरिदिएको छ ।

आज भारतका नयाँ बलर शाहबाज नदीमले लगातार दुई विकेट लिएपछि भारतले बिहानै जीत हात पारेको हो । यो जीतसँगै भारतले टेस्ट सिरिज ३–० ले जितेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार