हरर चलचित्र ‘चि मुसी चि’को च्याप्टर टु पनि बन्ने

हरर चलचित्र ‘चि मुसी चि’को च्याप्टर टु पनि बन्ने


नेपाली चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्ङ्गिङ’ आजबाट देशभर प्रदर्शनमा आएको छ । 

हरर, थ्रिलर र ड्रामा जनरामा राखिएको यस चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतको अभिनय रहेको छ । चलचित्रलाई मर्ण जेम्स र यश सैनीले संयुक्त निर्देशन गरेका हुन् । 

चलचित्र सार्वजनिक भइसकेपछि दर्शकहरुसँग सिनेमा हेरिसकेपछि सञ्चरकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री प्रियंका कार्कीले नेपालमा बनेको हरर चलचित्रमध्ये यो फिल्म उत्केष्ट रहेको बताइन् । उनले यसका लागि आफूले धेरै दुःख गरेको पनि बताइन् । च्याप्टर वान हेर्न आग्रह गर्दे च्याप्टर २ का लागि आफू एक्साइटेड रहेको उनले बताइन् । 

अभिनेत्री कार्कीले फिल्म हलमा दर्शकहरुले धेरै साथ दिएको बताइन् । 

त्यस्तै, अभिनेता आयुष्मान देशराज जोशीले च्याप्टर २ को कथावस्तु पनि हेरिरहेको बताए । फिल्ममा साउण्डले धेरै नै राम्रो गरेको उनले बताए । 
 
चलचित्रलाई मर्ण जेम्स र यश सैनीले संयुक्त निर्देशन गरेका हुन् । उनीहरुकै संयुक्त कथा एवं पटकथा रहेको चलचित्रको प्रश्तुतकर्ता अरुण चक्रवर्ती हुन् । यस चलचित्रमा रिञ्जु केसी र प्रश्तुतकर्ता अरुण चक्रवर्तीको लगानी छ । एकल प्रदर्शनको अवसर पाएको ‘चि मुसी चि’लाई मल्टिप्लेक्स हलहरुले सुखद् शो दिएका छन् । 

Logo