भारतमा चिसोका कारण एकै दिन २२ जनाको मृत्यु

भारतमा चिसोका कारण एकै दिन २२ जनाको मृत्यु


भारतको उत्तर प्रदेशमा चिसोका कारण हृदयाघात हुँदा एकै दिन २२ जनाको मृत्यु भएको छ।

मृतकहरू सबै कानपुरका बासिन्दा भएको अधिकारीहरुले बताएका छन्। लक्ष्मीपत सिंघानिया इन्स्टिच्युट अफ कार्डियोलोजी एन्ड कार्डियाक सर्जरी कानपुरले जारी गरेको तथ्यांकअनुसार बिहीबार अस्पतालको आकस्मिक तथा बहिरंग विभाग (ओपीडी)मा ७२३ जना मुटुका बिरामी आएका थिए। तीमध्ये उपचारका क्रममा सातजनाको मृत्यु भएको हो। १५ जनालाई अस्पताल पुर्‍याउनासाथ मृत घोषणा गरिएको हो।

अस्पतालका डाक्टरहरूले कानपुरमा फैलिएको शीतलहरका कारण रक्तचापमा अचानक वृद्धि भएको र त्यसले हृदयाघात निम्त्याएको बताएका छन्। कानपुरका स्वास्थ्य विज्ञहरूले सबैलाई सावधानी अपनाउन सल्लाह दिएका छन्। उत्तर भारतमा अहिले तापक्रममा उल्लेख्य गिरावट आएको छ।  

Logo