नवगठित आजपाका अध्यक्ष साहले आज विशेष सम्बोधन गर्दै

नवगठित आजपाका अध्यक्ष साहले आज विशेष सम्बोधन गर्दै


नवगठित आम जनता पार्टी (आजपा) अध्यक्ष प्रभु साहले आज काठमाडौंमा विशेष सम्बोधन गर्ने भएका छन् ।

आजपा निकट मधेस–काठमाडौं आम सम्पर्क मञ्चले आयोजना गर्न लागेको प्रदेशस्तरिय भेलाको अवसरमा अध्यक्ष साहले सम्बोधन गर्न लागेका हुन् । सम्बोधन कार्यक्रम आज १२ बजेदेखि ललितपुरको लगनखेलस्थित साझा बैक्वेटमा हुने जनाइएको छ । अध्यक्ष साहले पार्टी गठनपछिको पहिलो विशेष सम्बोधन गर्न लागेको आजपा प्रचार प्रसार उपप्रमुख निवेश यादवले बताए ।

पूर्वमन्त्री समेत रहेका साह नेकपा माओवादीका पूर्व नेता हुन् । उनी यसअघि नेकपा एमाले प्रवेश गरेका थिए । तर उनले मंसिर ४ को निर्वाचन अघि एमाले परित्याग गरेका थिए । त्यसपछि स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिएका उनी रौतहटबाट निर्वाचित भएका थिए ।

Logo