प्रचण्डलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न लोसपा संसदीय दलको बैठक बस्दै

प्रचण्डलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय गर्न लोसपा संसदीय दलको बैठक बस्दै


लोकतान्त्रिक समाजवादी पार्टी नेपालले संसदीय दलको बैठक बोलाएको छ ।

शनिबार बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णय गर्ने बताइएको छ । प्रतिनिधिसभाका सदस्य एवं लोसपाका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले प्रधानमन्त्री प्रचण्डले संसदमा लिने विश्वासको मतका लागि पक्षमा मत हाल्ने कि विपक्षमा त्यसबारे संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी दिए । ‘देशको राजनीतिक परिस्थति क्षण क्षणमा परिवर्तन भइरहेको छ, यस अवस्थामा लोसपाले सावधानिपूर्वक निर्णय लिन्छ’ उनले भने ।

 

Logo