#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व568480235222529019842430593
नेपाल7724613155

फुटबल टोली कतार प्रस्थान

काठमाडौं,
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्न तेइस वर्षमुनि (यु–२३ ) को नेपाली राष्ट्रिय फुटबल टोली कतारको दोहा प्रस्थान गरेको छ । नेपालमा आयोजना हुने १३ औंँ दक्षिण एशियाली खेलकूद (साग) को तयारीमा रहेको नेपाली टोलीले त्यहाँ म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्नेछन् । कतारस्थित दोहा रङ्गशालामा हुने उक्त खेल कात्तिक ८ गते हुनेछ । नेपाली टोली मंगलबार बेलुका ९ः४० बजे दोहा प्रस्थान गरेको छ ।

उक्त मैत्रीपूर्ण खेलमा सहभागिता जनाउने २४ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई मंगलबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का कार्यबाहक अध्यक्ष पङ्कज नेम्बाङलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

नेपाली टोलीमा नवयुग श्रेष्ठ, अनन्त तामाङ, अञ्जना विष्ट, विक्रम लामा, सुजल श्रेष्ठ, दिनेश राजवंशी, तेज तामाङ, अभिषेक रिजाल, सुनिल बल, हेमन्त थापामगर, छिरिङ गुरुङ र अर्पन कार्की छन् । त्यसैगरी दीप कार्की, देव लिम्बू, विकास खवास, रोमन लिम्बू, नितिन थापा, सेसेहाङ आङदेम्वे, मिक्चेन तामाङ, रामचन्द्र वाजी, प्रिजेन तामाङ, रेजिन सुब्बा, राजीव लोप्चन, र सुमन अर्याल छन् ।

सम्बन्धित समाचारहरु