ट्याक्टरको ठक्करबाट अर्घाखाँचीका ६७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु

ट्याक्टरको ठक्करबाट अर्घाखाँचीका ६७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु


अर्घाखाँचीको सन्धिखर्कमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका-१ तुम्कोट निवासी ६७ वर्षीय चन्द्रबहादुर नेपाली रहेका छन्। 

सन्धिखर्कबाट तुम्कोट जाँदै गरेको लु ११ प ५५८० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु २ त १७६३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक नेपालीको उपचारको क्रममा  मेडिकल कलेज भैरहवामा मुत्यु भएको हो।

ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण घिमिरेले जानकारी दिए।

Logo