ट्वीटरद्वारा थप कर्मचारी कटौती

ट्वीटरद्वारा थप कर्मचारी कटौती


ट्वीटर इंकले विश्व सामग्रीको मध्यस्थता र घृणायुक्त भाषण र उत्पीडन सम्बन्धी इकाईमा विश्वास र सुरक्षा टोलीमा थप कर्मचारी कटौती गरेको छ ।

ब्लुमबर्ग समाचारका अनुसार ट्वीटरको एक दर्जन थप कटौतीले कम्पनीको डब्लिन र सिंगापुर कार्यालयका कामदारहरूलाई असर गरेको छ । एलोन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल प्लेटफर्ममा हटाइएकाहरूमा एशिया–प्रशान्त क्षेत्रका लागि साइट अखण्डता प्रमुखको रूपमा हालसालै नियुक्त भएका नुर अजहर बिन अयोब र ट्विटरका राजस्व नीतिका वरिष्ठ निर्देशक एनालुइसा डोमिन्गेजसमेत छन् । प्लेटफर्ममा गलत सूचना, विश्वव्यापी अपील र राज्य मिडियामा नीति ह्यान्डल गर्ने टोलीका कामदारहरूलाई पनि हटाइएको छ ।

Logo