कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष कैलाश कटवाल राप्रपामा प्रवेश गरेका छन् ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले कटवाल राप्रपामा प्रवेश गरेको जानकारी दिए। उनी शनिबार राप्रपा प्रवेश गरेका हुन्। उनलाई अध्यक्ष लिङ्देनले पार्टीमा स्वागत गरेका थिए। उनी राप्रपा नेपालका केन्द्रीय सदस्य र कार्यसम्पादन समितिका सदस्य समेत रहेका थिए ।
प्रतिक्रिया