बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनः ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’

बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनः ‘समाजवादी ध्रुवीकरण आजको आवश्यकता’


नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नुपर्ने बताएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालय सुविधानगर, तीनकुनेमा बसेको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै अध्यक्ष भट्टराईले समाजवादी ध्रुवीकरण आजको आवश्यकता रहेकोमा जोड दिएका हुन् । 

‘एकातिर आज विश्वभर राजनीतिक रुपमा निजी स्वतन्त्रता र आर्थिक रुपमा बजार अर्थतन्त्रलाई प्रधानता दिने परम्परागत पुँजीवादी लोकतान्त्रिक पार्टीहरु राजनीतिमा समूहगत अधिकार/स्वतन्त्रता तथा अर्थतन्त्रमा राज्यको भूमिका स्वीकार गर्दै 'समाजवाद'तर्फ ढल्कँदैछन्। अर्कोतिर, राजनीतिक रुपमा वर्गीय अधिकार/स्वतन्त्रता र आर्थिक रुपमा राज्यको स्वामित्व/नियन्त्रणलाई प्रधानता दिने कम्युनिष्ट पार्टीहरु राजनीतिमा वर्गेतर अधिका/स्वतन्त्रता र अर्थतन्त्रमा बजारको समेत भूमिका स्वीकार गर्दै परम्परागत साम्यवादी ढाँचालाई परित्याग गर्दैछन्। नेपालमा पनि पुराना कांग्रेस र कम्युनिष्ट पार्टीहरुमा यो प्रवृत्ति बढ्दैछ ।’ प्रतिवेदनमा उल्लेख छ ।

Logo