राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी


राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय सचिवालय बैठक बसिरहेको छ । 

संघीय संसदको अधिवेशनको पूर्वसन्ध्यामा जारी बैठकमा संसदमा निर्वाह गर्नुपर्ने भूमिका, सरकारलाई दिने विश्वासको मत तथा समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ । 

रवि लामिछाने नेतृत्वको सो पार्टीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई समर्थन जनाएको छ । सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । जारी बैठकमा पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी हुने नेताको विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

Logo