अधिकारीको नयाँ गीत ‘रफ्तार रफ्तार’ सार्वजनिक

गायक अंकितबाबु अधिकारीले बुधबार आफ्नो नयाँ गीत ‘रफ्तार रफ्तार’ सार्वजनिक गरेका छन् ।

गीतको म्युजिक भिडियोमा अधिकारीकै अभिनय छ । उक्त म्युजिक भिडियोमा उनी चिहानमा गीत गाइरहेका छन् र चिहानमा भएका लाशहरूलाई उनले आफ्नो दर्शक बनाएका छन् । गीतको संगीतकार पनि अधिकारी नै हुन् ।

गीतमा अनवेश राई थुलुङ्गले शब्द दिएका छन् भने शरदरल श्रेष्ठ ‘च्याङ्ग’ एरेन्जर र साउन्ड इन्जिीन्यर हुन् । म्युजिक भिडियोको सिनेमेटोग्राफर विकेस बज्रा हुन् । यसको निर्माण आर्टमाण्डु नेपालले गरेको हो ।

अधिकारीका यसअघिका गीत ‘राम नाम,’ ‘सम्झनालाई’ र ‘म को नै पो हुँ र’ लोकप्रिय भएका थिए ।