कतारले २ वटा फिल्ड अस्पताल सहयोग स्वरूप लेबनान पठायो

कतारले २ वटा फिल्ड अस्पताल सहयोग स्वरूप लेबनान पठायो


तिलु शर्मा पौडेल
दोहा कतार ।

गत मङ्गलवार लेबनानको राजधानी बेरुतको तटीय क्षेत्रमा भण्डारण गरिएको अमोनियम नाइट्रेटमा आगलागी हुँदा भएको विस्फोटमा परि घाइते भएका बिरामीहरूको उपचारका लागि कतारले दुई वटा फिल्ड अस्पताल सहयोग स्वरूप पठाएको छ ।

कतारका अमिर सेख तमिम बिन हमाद अल थानीको निर्देशनमा अमिरी एयर फोर्सको ४ वटा विमानले घाइतेको उपचारका लागि ५०० शैया भएको दुई वटा फिल्ड अस्पताल सँगै भेन्टिलेटर र अति आवश्यक स्वास्थ्य सामाग्रीहरू लिएर विमान लेबनान पुगिसकेको छ ।

सो घटनापछि लेबनानमा तीन दिने राष्ट्रिय शोक घोषणा गरिएको छ । विस्फोटमा परी १३५ भन्दा धेरैको मृत्यु भएको छ । ५ हजार भन्दा धेरै घाइते भएका छन् भने सयौँ मानिसहरू हराई रहेका छन् । ३ लाख भन्दा बढी मानिसहरू घरबारविहीन भएका छन् । करिब २,७५० मेट्रिक टन अमोनियम नाइट्रेट विस्फोट भएको अनुमान गरिएको छ ।

Logo