अमेरिकी डलर स्थिर रहँदा युरोकाे मूल्य बढ्यो

अमेरिकी डलर स्थिर रहँदा युरोकाे मूल्य बढ्यो


नेपाल राष्ट्र बैँकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा तोकिएको छ । साेमबार अमेरिकी डलर स्थिर रहेको छ । रोपियन युरो एक रुपैयाँ ८३ पैसाले उकालो लागेको छ । यसकोे खरिददर १४० रुपैयाँ ५८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४७ पैसामा कारोबार भएको थियो ।

अष्ट्रेलियन डलरमा एक रुपैयाँ ७९ पैसाले उकालो लागी सोको खरिदमूल्य ९० रुपैयाँ ८० पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ २२ पैसामा कारोबार भैरहेको छ । यसअघि, आइतबार खरिदमूलय ८९ रुपैयाँ २ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४३ पैसामा कारोबार भएको थियो । साउदी अरेवियन रियालको कारोबार आज स्थीर रहेको छ ।  यसको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा तोकिएको छ ।

यस्तै, तारी रियालको खरिदमा ३६ रुपैयाँ ५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३० पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ १३ पैसा रहेको छ ।साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ५३ पैसा र बिक्रीमा १० रुपैयाँ ५८ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९२ पैसा र बिक्रीमा १६ रुपैयाँ ९९ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ४३ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ३९ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ २९ पैसा र बिक्रीमा ३५१ रुपैयाँ ८८ पैसा नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।

Logo