प्रतिनिधिसभाको पहिलो बैठक सूरु

प्रतिनिधिसभाको पहिलो बैठक सूरु


प्रतिनिधिसभाको पहिलो बैठक सूरु भएको छ । मंसीर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो । 

बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद आह्वानसम्बन्धि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन् ।  राष्ट्रपति भण्डारीले पठाको पत्र पढेर सुनाउँदै उनले भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम संवत २०७९ साल पुस २५ गते सोमबारको दिन १३ः०० बजे अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।’

त्यसैगरी राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ती र मन्त्रीपरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ । 

Skip This
Logo