आइटीएफ तेक्वान्दोमा दुई खेलाडी उत्कृष्ट घोषित

आइटीएफ तेक्वान्दोमा दुई खेलाडी उत्कृष्ट घोषित


काठमाडौं । काठमाडौंका युनिस गौतम र विभागीय टोली त्रिभुवन आर्मीकी रिना धिमाल आइटीएफ तेक्वान्दोका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल आइटीएफ तेक्वान्दोको २३ औं वार्षिक उत्सवका अवसरमा महासंघले वर्ष २०१९ का उत्कृष्ट पुरुष खेलाडीको रुपमा युनिस र उत्कृष्ट महिला खेलाडीको रुपमा रिनालाई घोषणा गरेको हो ।

युनिस काभ्रे जुनियर राष्ट्रिय आइटीएफ च्याम्पियनसिपका उत्कृष्ट खेलाडी हुन भने रिनाले १९ औँ राष्ट्रिय आइटीएफ च्याम्पियनसिमा तीन स्वर्ण पदक जित्न सफल भएकी थिइन् । रिनाले स्पाइरिङ, प्याटर्न र ग्रुप स्पाइरिङमा स्वर्ण पदक हात पारेकी थिइन् । यस्तै उत्कृष्ट प्रशिक्षक काभे्रका राज मन्दिर श्रेष्ठ घोषित भएका छन् । संघले उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई नगद ५ हजार रुपैयाँसहित प्रशंसा पत्र प्रदान गरेको छ । उत्कृष्ट सबैलाई राष्ट्रिय खेलकूद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोइराला, आइटीएफका सल्लाहकार लिलबहादुर थापा मगर लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा राखेपका उपाध्यक्ष कोइरालाले नयाँ ऐन जारी भएपछि पहिले र अहिलेको खेलकूद परिषद फरक भएको बताएका थिए । उनले पुरानो छबिलाई मेटाउँदै नयाँ योजनाका साथ अगाडि बढ्ने समय आएको समेत बताए ।

वार्षिक उत्सवकै अवसरमा नेपाल आइटीएफ महासंघले आउट स्टान्डिङ इन्सटक्टरको रुपमा रुपसिंह विष्टलाई चयन गरेको छ । यस्तै उदीयमान इन्सटक्टरको उपाधि रोल्पाका विक्रम बाठा मगरलाई प्रदान गर्दा उत्कृष्ट जिल्लाको उपाधि मोरङले हात पारेको छ । उत्कृष्ट प्रदेशमा २ नं प्रदेश घोषित भएकोे छ ।

Logo