तिहार गीत ‘मखमली’ बजारमा (भिडियो सहित)

काठमाडौं,

डिएआर मुभिजले नेपालीहरुको दोस्रो महान चार्ड तिहारको अवसर पारेर तिहार गीत ‘मखमली’ आम स्रोता तथा दर्शक माझ ल्याएको छ ।

प्रभावन जे को शब्द, संगीत रहेको गीतमा स्वर स्वयं प्रभावन जे, चर्चित लोक गायक सरोज लामिछाने र सपना गुरुङले साथ दिएकी छिन् । गीतको एरेन्ज जीवन वडु र मिक्सिङ मनोज डंगोलले गरेका छन् । गितको म्युजिक भिडियोमा कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल, र विवेक चौलागाईको अभिनय रहेको छ ।

प्रभावन जे स्वयंको निर्देशन रहेको म्युजिक भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्मा हुमागाई, ड्रोन ममल प्रसाईं, सम्पादन अमृत चापागाई, शृङगार माहि सिं, कला राजाराम गौतम, व्यवस्थापन कृष्ण गौतम सहयोग गोकुल दंगाल र बद्रि दंगालको रहको छ । म्युजिक भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । हेरौं यो भिडियोमा :