स्थिरता र सुशासनको पक्षमा काम गर्नुको विकल्प छैनः प्रधानमन्त्री प्रचण्ड

स्थिरता र सुशासनको पक्षमा काम गर्नुको विकल्प छैनः प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र जनता, स्थिरता र सुशासनको पक्षमा काम गर्नुको कुनै विकल्प नरहेको बताएका छन् । 

सोमवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकारका न्युनतम साझा कार्यक्रमको सार्वजनीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले यस पटक राम्रो काम भन्दा नगर्ने र नराम्रो काम गर्न दिँदै नदिने नीति लिएको बताए । बेथितिहरु रहेपनि त्यसलाई नियन्त्रण गरेर लैजाने कुरामा प्रतिवद्ध रहेको बताए । 

देश आर्थिक रुपमा केही अफ्ठ्यारोमा भएपनि आर्थिक संकट र देश संकटमा नरहेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले देशको अफ्ठ्यारोलाई सम्हाल्न आफू सक्षम रहेको पनि बताउए । सबै मिलेर काम गर्ने हो भने देशको मुहार फेर्न समय नलाग्ने उनले बताए ।उनले आगामी एक महिनामा न्युनतम साझा कार्यक्रम मन्त्रालयमा ल्याउनका लागि कार्ययोजना प्रश्तुत गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन पनि दिए । 

प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टीले पनि आफ्नो सरकारलाई विश्वासको मत दिने जानकारी दिएको बताए । 

Logo