#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व408740431126255926647930481309
नेपाल1391297654175596609
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको र नमान्दा कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा रहेका महरामाथि थप अनुसन्धान गर्न अझै सात दिन म्याद थप भएको हो ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनीमाथि अनुसन्धान गर्न अझ सात दिन म्याद थप गरिदिएको स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।असोज १९ गते पक्राउ परेका महरालाई २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ । उनलाई पक्राउ गरेको १८ दिन भइसकेको छ । उनको बयान लिने काम सकिसकेको प्रहरीले जनाएको छ।रोशनीको घाउचोट, कोठामा भेटिएका चस्मा र जुत्ता तलुवा लगायतको जाँच गर्न प्रहरीले आफ्नो विधिविज्ञान प्रयोगशालामा पठाएको थियो।कतिपयको रिपोर्ट आए पनि कतिपयको आइनसकेकाले म्याद थप गरिएको ठमाडौं प्रहरी प्रमुख तथा एसपी उत्तमराज सुवेदीले जानकारी दिए । रोशनीको शरीरमा देखिएका कालो धब्बा र चोट कुटपिटकै कारणले लागेको रिपोर्ट आइसकेको छ।महरा भने गम्भीर बिरामी भएको भन्दै पक्राउ परेदेखि उनी नर्भिक अस्पतालमा उपचाररत छन्। असोज १२ गते शाहीको घरमा पुगेर बलात्कार गर्न कोशिस गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

महरामाथि अनुसन्धान गर्न अन्तिम पटक ७ दिन म्याद थप

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको र नमान्दा कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा रहेका महरामाथि थप अनुसन्धान गर्न अझै सात दिन म्याद थप भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनीमाथि अनुसन्धान गर्न अझ सात दिन म्याद थप गरिदिएको स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

असोज १९ गते पक्राउ परेका महरालाई २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ । उनलाई पक्राउ गरेको १८ दिन भइसकेको छ । उनको बयान लिने काम सकिसकेको प्रहरीले जनाएको छ।

रोशनीको घाउचोट, कोठामा भेटिएका चस्मा र जुत्ता तलुवा लगायतको जाँच गर्न प्रहरीले आफ्नो विधिविज्ञान प्रयोगशालामा पठाएको थियो।

कतिपयको रिपोर्ट आए पनि कतिपयको आइनसकेकाले म्याद थप गरिएको ठमाडौं प्रहरी प्रमुख तथा एसपी उत्तमराज सुवेदीले जानकारी दिए । रोशनीको शरीरमा देखिएका कालो धब्बा र चोट कुटपिटकै कारणले लागेको रिपोर्ट आइसकेको छ।

महरा भने गम्भीर बिरामी भएको भन्दै पक्राउ परेदेखि उनी नर्भिक अस्पतालमा उपचाररत छन्। असोज १२ गते शाहीको घरमा पुगेर बलात्कार गर्न कोशिस गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार