#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व637352337758430866332909306
नेपाल181181582221

मन्त्रिपरिषद्का १७ निर्णयः तिहार बिदा थपदेखि धानको मुल्य तोक्नेसम्म

file photo

काठमाडौं । सरकारले असोज ५ गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रिपरिषद् बैठकले गरेका १७ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकले नेवार समूदायको मागलाई सम्बोधन गरेको छ । किजा पूजाको अवसरमा २०७६ कात्तिक १३ गते बुधवारका दिन सबै सरकारी कार्यलय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक विदा दिने निर्णय गर्दै उनीहरुले राख्दै आएको माग सम्बोधन गरेको हो ।

त्यस्तै सहसचिव रामकृष्ण सुवेदीलाई नेपाल प्रशासन सेवातर्फको विशिष्ठ श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरुः

१. नेपाल सरकार र बंग्लादेश सरकारबीच सम्पन्न द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोध सम्बन्धी सम्झौता संघीय  संसद्मा जानकारीका लागि पेश गर्न स्वीकृति दिइएको छ ।

२. चालु आर्थिक वर्ष २०७६/७७ को लागि धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल मोटा धानको रू. २५३२.८० र मध्ययम धानको रू. २६७३.१६ तोक्ने निर्णय गरिएको छ ।

३. इन्जिनियर श्री तुलाराम पौडेललाई SAARC Energy Center इस्लामाबादको Professional Staff Research
Fellow का रूपमा काजमा खटाउने निर्णय गरिएको छ ।

४. सुनसरी जिल्लास्थित देवानगञ्ज गाउँपालिकालाई देवानगञ्ज गाउँपालिका वडा नं. २ मा रहेको ९ कठ्ठा सरकारी जग्गा ३० वर्षसम्म निःशूल्क लिजमा उपलब्ध गराउन स्वीकृति दिइएको छ ।

५. नेपाली सेनाका लेखा उपरथी श्री भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी श्री आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृत गरिएको छ ।

६. रोजगारीको हक सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

७. काठमाडौं उपत्यकाभित्र तार व्यवस्थापनसम्बन्धी कार्य गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।

८. सुचना महामार्ग निर्माण सम्बन्धी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश खण्डको परियोजना कार्य नेपाल दूरसञ्चार कम्पनी लिमिटेडबाट गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ ।

९. नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र भारतको Indian Council of Medical Research बीच अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने विषयको MOU मा समकक्षी मिलाई हस्ताक्षर गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अख्तियारी दिइएको छ ।

१०. किजा पूजाको अवसरमा २०७६ कात्तिक १३ गते बुधवारका दिन सबै सरकारी कार्यलय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ ।

११. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।

१२. डिजिटल नेपाल फ्रेमवर्क, २०७६ स्वीकृत गरिएको छ ।

१३. नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०७६ स्वीकृत गरिएको छ ।

१४. माराकेश सन्धी, २०१३ अनुमोदनका लागि संघीय संसद्मा पेश गर्ने निर्णय गरिएको छ ।

१५. मालपोत नियमावली, २०३६ को नियम ५ ख.(१) को समितिले गरेको न्यूनतम मूल्यांकन सम्बन्धी निर्णय परिमार्जन गर्न स्वीकृति दिइएको छ ।

१६. गैर करका दरहरू पुनरावलोकन स्वीकृत गरिएको छ ।

१७. नेपाल प्रशासन सेवातर्फको विशिष्ठ श्रेणीको सचिव पदमा सहसचिव श्री रामकृष्ण सुवेदीलाई बढुवा गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार