लुम्बिनीको मुख्यमन्त्रीमा एमाले नेता गिरीले आज दावी पेश गर्दै

लुम्बिनीको मुख्यमन्त्रीमा एमाले नेता गिरीले आज दावी पेश गर्दै


लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको लागि आज दावी पेश गरिने भएको छ।

प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिन अगाडि नै मुख्यमन्त्रीका लागि दावी पेश गर्न लागिएको हो । सत्तासाझेदार दलहरुबीच देउखुरीको मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले मंगलबार नै बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीको नियुक्तिको लागि दावी पेश गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री इन्द्रजित थारुले जानकारी दिए । एमालेका संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीको लागि प्रदेश प्रमुख अमिक शेरचण समक्ष दावी पेश गर्नेछन् । ‘सत्ता साझेदार दलहरुबाट मंगलबार नै प्रदेश प्रमुखसमक्ष दावी पेश गरिने भएको छ।’ उनले भने ।

प्रदेश प्रमुख शेरचणले पुस २७ गते बुधवार अपराह्न ४ बजेसम्मको समयमा दावी पेश गर्न समय दिएका थिए । लुम्बिनीमा ८७ जना प्रदेश सांसद छन् । जसमा सरकार गठनका लागि ४४ जनाको आवश्यक्ता पर्छ । सत्तारुढ दलसँग एमालेका २९, माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्तिको ४४, जसपाका ३, जनमत पार्टीका ३ जना गरी ५३ सांसद छन् । सत्तासाझेदार दलसँग ५२ प्रदेश सभा सदस्य छन्। स्वतन्त्रबाट जितेका एक जना भने पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।

Skip This
Logo