प्रतिनिधिसभाकाे बैठक १ बजेका लागि सर्‍यो

प्रतिनिधिसभाकाे बैठक १ बजेका लागि सर्‍यो


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठक १ बजेका लागि सरेको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आग्रहमा दिउँसो १ बजेका लागि सारिएको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिनेबारे छलफल गरिरहेको छ। 

 

Logo