एमाले परित्याग गरेका घनश्याम भूसाल एकीकृत समाजवादीमा जाँदै, राखे पाँच बुँदे प्रस्ताव

एमाले परित्याग गरेका घनश्याम भूसाल एकीकृत समाजवादीमा जाँदै, राखे पाँच बुँदे प्रस्ताव


नेकपा एमाले परित्याग गरेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन् ।

भुसाल एक–दुईभित्र एकीकृत समाजवादीमा आबद्ध हुन लागेको उच्च स्रोतले बताएको छ । ‘१/२ दिनमा यस विषयमा औपचारिक घोषणा हुनेछ‚’ भूसालनिकट स्रोतले भन्यो, ‘अहिलेसम्म भएको तयारीअनुसार बिहीबार औपचारिक कार्यक्रम हुन्छ ।’ मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए। उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो। गठबन्धनका तर्फबाट त्यो क्षेत्र नेकपा माओवादी केन्द्रलाई परेको थियो। भुसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए। एकीकृत समाजवादीमा प्रवेश गर्न उनले एउटा प्रस्ताव पनि बुझाएका छन्।

‘अनौपचारिक छलफलमा नेकपा एकीकृत समाजवादीका सबैजसो नेतारकार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न आवश्यक सबै नीति र संरचनाका लागि देखाउनुभएको तत्परता सकारात्मक छ‚’ भूसालले प्रवेशका लागि तयार पारेको‚ ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रुपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ मा उल्लेख गरिएको छ ।

Skip This
Logo